Logo

‘सक्किगोनि’ तेस्रो सिजनको प्रशारण शुरु



काठमाडौं, जेठ १२ । लोकप्रिय टेलिभिजन हास्यश्रृंखला ‘सक्किगोनि’ तेस्रो सिजनको प्रसारण आज विहीवारदेखि शुरु भएको छ । इएच डिजिटलमा सार्वजनिक भएको टिजर कार्यक्रममार्फत प्रसारण गर्ने मिति तय भएअनुरुप विहिवार साँझ ८ बजे हिमालय टेलिभिजनमा प्रशारण भए लगत्तै बेलुका ९ बजे इएच डिजिटलमा प्रशारण शुरु भएको हो ।

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा छायांकन भइरहेको सक्किगोनिमा पुरानै कलाकारको बाहुल्यता रहेको छ भने केही नयाँ अनुहार देखिएका छन् । सिजन ३ को रुपमा पर्दापण हुन लागेको सक्किगोनि झण्डेै ४ महिनापछि नयाँ स्वरुपमा आएको हो ।

सिजन २ पछि केही समयको विश्राम लिइ नयाँ जोश जाँगर र कथा शैलीका साथ आएको हो । दर्शकको चाहना र स्वादलाई द‍ृष्टिगत गरी ग्रामीण जनजीवन र परिवेशलाई जस्ताको तस्तै उतारिएको छ । दर्शकको बहुप्रतिक्षामा रहेको सक्किगोनि मनोरञ्जन दिने मात्र नभइ शिक्षा र अभिप्रेरणा दिने खालको छ ।



प्रतिक्रिया दिनुहोस्