Logo

गुजरात आईपीएल क्रिकेटको फाइनलमा, उपाधिको लागि भोलि चेन्नई सुपर किंग्ससँग भिड्ने



काठमाडौं, जेठ १३ । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत गुजरात टाइटन्स फाइनलमा पुगेको छ । गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात फाइनलमा प्रवेश गरेको हो ।

गुजरातले दिएको २ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १० बल बाँकी छँदै १ सय ७१ रन बनाउँदा अलआउट भयो । मुम्बईका सूर्यकुमार यादवले ६१, तिलक वर्माले ४३ र क्यामरन ग्रिनले ३० रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

गुजरातका मोहित शर्माले पाँच तथा मोहम्मद शामी र राशिद खानले २÷२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातका शुभमन गिलले १ सय २९ रन बनाए । यो सिजनको आईपीएलमा उनको यो तेस्रो शतक हो ।

गिलले आईपीएलको एकै सिजनमा तीन वटा शतक हान्ने विराट कोहली र जोस बट्लरको रेकर्ड पनि बराबरी गरेका छन् । गुजरातले अब उपाधिको लागि भोलि आईतबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्