Logo

शहिद स्मारक लिगः आज तीन खेल हुदैँ



काठमाडौं, जेठ १३ । शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुदैँछन । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन भने च्यासल मैदानमा एउटा खेल हुनेछ ।

जसअनुसार च्यासल मैदानमा मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब बिच हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा जावालाखेल युथ क्लब र एपिएफ फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

यसैगरी, दोस्रो खेलमा चर्च ब्वाईज र संकटा क्लब आमुने सामुने हुनेछ । जुन खेल साँझ ६ बजेवाट सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्