Logo

६ सय आरोही सगरमाथाको चुचुरोमा



काठमाडौं, जेठ १४ । संसारका विभिन्न मुलुकका ६ सय आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा चढेसँगै यस वर्षको आरोहण सकिएको छ ।

सरकारले यो वर्षको वसन्तयामका लागि २८ वटा हिमाल आरोहण गर्न अनुमति दिएको थियो । त्यसमध्ये शनिबारदेखि सगरमाथा आरोहण सकिएको छ भने अन्य हिमाल आरोहण अझै पूरा भएको छैन ।

हिमाल आरोहण गर्न अनुमति दिएबापत यो वर्ष ७६ करोड ५७ लाख रुपैयाँ रोयल्टी उठेको छ । पर्यटन विभागका अनुसार यो वसन्तयाममा सगरमाथासहित २८ हिमालबाट ७६ करोड ५७ लाख ५८ हजार रुपैयाँ रोयल्टी संकलन भएको हो ।

सन् २०२२ मा ४७ हिमाल आरोहण बाट ५३ करोड ३५ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो । आजको कारोबार दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्