Logo

रिहा भए रेशम चौधरी, सयौं कार्यकर्ता र समर्थकद्वारा फूलमालाको स्वागत



काठमाडौं, जेठ १५। टीकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरी जेलमुक्त भएका छन् । डिल्लीबजार कारागारमा रहेका उनी गणतन्त्र दिवसमा आममाफी पाउँदै जेलमुक्त भएका हुन् । कारागारबाट निस्किदा उनलाई फूलमालाले स्वागत गरिएको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको स्वागतमा कारागार परिसरमा समर्थक तथा कार्यकर्ताहरुको भिड लागेको छ। उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, नेतृ एलिजा गौतमसहित सयौं नेता कार्यकर्ता, शुभेच्छुक डिल्लीबजार कारागार पुगेका छन्। file photo

 



प्रतिक्रिया दिनुहोस्