Logo

छोरा भिरबाट लडेपछि उद्दार गर्न गएकी गर्भवती आमाको पनि भिरबाट लडेर मृत्यु



काठमाडौं, जेठ १६। धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर(२ मा भिरबाट लडेर आमा(छोराको मृत्यु भएको छ । भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो ।

सोमबार अपराह्न घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।

मृतक अप्सरा ८ महिनाकी गर्भवती समेत रहेको बताइएको छ । करिब ५० मिटर आग्लो भिरबाट लडेकि उनलाइ करिब ४ घन्टापछि मलेखु टिचिङ हस्पिटल ल्याइएको थियो । हस्पिटलका पुर्याएकी उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । उनको पेटमा रहेको बच्चाको पनि मृत्यु भइसकेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot