Logo

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा मन्त्रिपरिषद् बैठक आह्वान



काठमाडौं, जेठ १६। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्वसन्ध्यामा मन्त्रिपरिषद् बैठक आह्वान भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठकमा भारत भ्रमणबारे छलफल हुँदैछ । भारत भ्रमणमा पाँच मन्त्रीसहितको टोली सहभागी हुने सोमबारको संसद् बैठकमा प्रधानमन्त्रीले जानकारी गराएका थिए ।

प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका लागि बुधबार छिमेकी मुलुक भारत प्रस्थान गर्नेछन् । भ्रमणका क्रममा सीमा समस्याबारे छलफलसहित केही सम्झौतामा हस्ताक्षर हुँदैछ । File Photo/ Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्