सुदूरका कानूनमन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित ४ जना घाइते


काठमाडौं, ५ असार । सुदूरपश्चिम प्रदेश सरकारका कानून मन्त्री सवार गाडी दुर्घटनामा भएको छ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी डडेल्धुराबाट बझाङको चैनपुर जानेक्रममा केदारस्युँ गाउँपालिकाको धारछडा दुर्घटना भएको हो।

सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेको बताइएको छ।

दुर्घटनामा मन्त्रीसहित चार जना घाइते भएको र मन्त्रीको खुट्टा र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ।

Skip This

Omoda E5 Pro