‘लेण्डुपको नयाँ अवतार, प्रचण्ड सरकार’


काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको छ।

बिहीबार अनेरास्ववियु बागमति उपत्यका विशेष प्रदेश कमिटिले आरआर क्याम्पस अगाडि प्रदर्शन गर्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेको हो।

प्रदर्शनमा ‘लेण्डुपको नयाँ अवतार, प्रचण्ड सरकार’लगायतका नेमप्लेटहरूसहित विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा प्रदेश इन्चार्ज दिपेश प्रसाईं, कार्यक्रम संयोजक विशाल न्यौपाने, सहसंयोजक डम्बर खड्का, केन्द्रीय सदस्य गिरिश ठगुन्नालगायतका विद्यार्थीहरू सहभागी रहेका थिए।

तस्बिर : मुकुन्द कालिकोटे

Skip This

Omoda E5 Pro