दोरम्बा हत्याकाण्ड दिवस मनाउन माओवादीको जम्बो टोली डाँडाकटेरीमा (फोटोफिचर)


काठमाडौं, ३२ साउन । दोरम्बा हत्याकाण्ड दिवस मनाउन माओवादीको जम्बोटोली डाँडाकटेरी पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव जनार्दन शर्मा लगायतको केन्द्रीय नेतृत्व डाँडाकटेरी पु्गेको हो ।

यसैक्रममा २०६० साल साउन ३२ गते माओवादी नेता डा.बाबुराम भट्टराई र तत्कालीन मन्त्री नारायणसिंह पुन नेतृत्वको सरकारी वार्ता टोलीबीच दाङको हापुरेमा वार्ता चलिरहेको थियो ।

देशमा युद्धविराम घोषणा भएको थियो । सोही दिन रामेछापको दोरम्बाबाट तत्कालीन शाही सेनाले माओवादीका चर्चित नेता बाबुराम लामा ‘पुष्प’ सहित २१ जना योद्धालाई दोरम्बाको डाँडाँकटेरीमा लगेर निः शस्त्र अवस्थामा बर्बतापूर्वक हत्या गरिएको थियो ।

शाही नेपाली सेनाले बाबुराम लामा ‘पुष्प’, अम्बिका दाहाल ’ललिका’, प्रदीप दोङ ‘रक्तिम’, उमा कार्की ‘सहारा’, पदमराज गिरी ‘असल’, युवराज मोक्तान, लिला मोक्तान, चतुर्मान थामी ‘समर’, सोममाई थामी ‘संगिता’, टेकबहादुर थापामगर ‘विवेक’, विष्णु थापामगर ‘विमा’, श्याम तमाङ ‘इनक्लाव’, हर्क थिङ ‘यथार्थ’, यादव चौहान ‘समिर’, चमेली थामी ‘उषा किरण’, हर्कलक्ष्मी राई ‘विमला’, लक्ष्मण तमाङ ‘छाया’, जगत विश्वकर्मा ‘जमिन’, रामबहादुर तमाङ ‘छोप्पा’, रामबहादुर लामा ‘तारा’, भबु लामा ‘सोम’ को हत्या गरेको थियो ।

मृतकका आफन्तहरुले जेनेभा महासन्धी धारा ३ ले दोषी ठह¥याएको तत्कालीन शाही सेनाका मेजर राममणी पोखरेल लगायतलाई कारबाहीको दायरामा ल्याउन माग गरिरहेका छन् । पटक–पटक माओवादी सरकारमा पुगेपनि उक्त प्रकरणको छानविन हुन सकेको छैन ।

 

Skip This

Omoda E5 Pro