आज नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदै


काठमाडौं, भदौ २२ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

मलेसियाको बांगी स्थित यूकेएम ओभलमा नेपाली समय अनुसार अहिले बिहान सवा ७ बजे सुरु हुने खेलमा विजेताले ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछ। जारी प्रतियोगितामा नेपाल अपराजित छ।

नेपाल पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रने छ। नेपाल समूह ‘ए’ बाट उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने थाईल्यान्ढ समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

Skip This