सुवास नेम्वाङको अन्त्येष्टिका लागि सजाइँदै चिता – फोटोफिचर


काठमाडौं, भदौ २८ । संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।

सोमबार राति हृदयाघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीर उनको निवासबाट राजकीय सम्मानका लाथ निकालेर अहिले अन्त्येष्टिका लागि पशुपति आर्यघाटतर्फ लगिँदै छ । पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा  १० नम्बर  चिता सजाउँन सुरु गरिएको छ ।

फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल