नेपाली सेनाद्वारा आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, गोरखा सडक आयोजनालाई हस्तान्तरण


काठमाडौँ। धादिङ र गोरखा जिल्लालाई जोड्ने बूढीगण्डकी नदीस्थित आरुघाटमा नेपाली सेनाले बेलीब्रिज निर्माण गरी सोमबार गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ।

गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको भीषण बाढीले साविक पुलको गोरखातर्फको खण्ड बगाएपछि यातायात ठप्प बनेको थियो। नागरिकको सास्तीलाई ध्यानमा राख्दै सेनाले असोज ३१ गतेदेखि बेलीब्रिज जडानको काम सुरु गरी कात्तिक १ गते नै निर्माण सम्पन्न गरेको थियो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नवनिर्मित बेलीब्रिज ९० फिट (२७.४३ मिटर) लामो र १३.७८ फिट (४.२ मिटर) चौडा रहेको छ।

बेलीब्रिज सञ्चालनमा आएसँगै धादिङ र गोरखाका आसपासका क्षेत्रका नागरिकको दैनिक आवतजावत पुनः सहज बनेको छ। साथै, बाढीप्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन तथा अत्यावश्यक वस्तुको ढुवानी एवं आपूर्ति व्यवस्था चुस्त बनाउन ठूलो राहत पुग्ने सेनाले विश्वास लिएको छ।

Skip This