राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन


काठमाडौं,१२ असोज । राष्ट्रपति कार्यालयका सहसचिव शेरजंग कार्कीको निधन भएको छ ।

५२ वर्षीय कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान नर्भिक अस्पताल लगिएको थियो। कार्कीको शरीरमा जीवनको कुनै संकेत नदेखिएको भन्दै अस्पतालले मृत घोषणा गरेको थियो।

उनी राष्ट्रपति कार्यालयको कानुन महाशाखामा कार्यरत थिए। ओखलढुंगा निवासी कार्कीका श्रीमती,एक छोरा र एक छोरी छन्।

Skip This

Omoda E5 Pro