गृहमन्त्री श्रेष्ठको उपस्थितिमा मलंगवामा आज हुने भनिएको सद्भाव र्‍याली स्थगित्


काठमाडौं,१८ असोज । सर्लाहीको मलंगवामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थिगितमा आज हुने भनिएको सद्भाव र्‍याली स्थगित् भएको छ ।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको कार्यव्यस्थताको कारण मलंगवा आउन नभ्याउने भएपछि र्‍याली स्थगित् गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

दुई साताअघि मलंगवामा सामाजिक सद्भाव विथोलिने प्रकारका गतिविधि बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो।

उक्त कर्फ्यु आदेश हटाएपछि स्थानीय प्रशासनले सर्वदलिय बैठकको निर्णअनुसार आजको लागि गृहमन्त्रीको समेत उपस्थितिमा सद्‌भाव र्‍यालीको कार्यक्रम निर्धारण गरिएको थियो।

Skip This

Omoda E5 Pro