Logo

गैँडा मृत फेला



बर्दिया, १९ असोज । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा पोथी गैँडा मृत फेला परेको छ ।

गेरुवा गाउँपालिकास्थित बाजपुर सामुदायिक वनमा करिब १९/२० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिए । मृत गैँडाको शवपरीक्षणपछि घटनाबारे विस्तृत विवरण आउने निकुञ्ज प्रशासनले जनाएको छ । रासस/File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot