Logo

उपभोक्ता ठगी गर्ने महालक्ष्मी पेट्रोल पम्प सिल



काठमाडौं, ३ कात्तिक । उपभोक्तालाई तोकिएभन्दा कम परिमाणमा पेट्रोलियम पदार्थ विक्री गरेको पाइएपछि ललितपुरको सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा ट्रेडर्स पेट्रोल पम्प सिल गरिएको छ ।

आज (शुक्रबार) विहान अनुगमन टोलीले निरीक्षणका क्रममा पेट्रोलियम पदार्थमा उपभोक्ता ठगेको भेटेपछि उक्त पेट्रोल पम्प सिल गरेको हो ।

पेट्रोलियम पदार्थमा ठगिएको भन्दै सर्वसाधरणबाट व्यापक गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा अनुगमन थालिएको थियो ।

अनुगमन टोलीमा प्रधानमन्त्री कार्यालयको सचिवालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग र राष्ट्रिय सतर्कता केन्द्रका अधिकारीहरु थिए ।

उक्त अनुगमन टोलीले पेट्रोलियम पदार्थको परिमाणमा ठगी गर्ने तिनकुनेको गैरीगाउँस्थित भ्यालीबाबा पेट्रोल पम्प, शान्तिनगरको हरिसिद्धी आयल स्टोल, हलचोकस्थित सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्प र कलंकीको श्यामा आयल स्टोर सिल गरिसकेको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot