Logo

कैद मिनाह बदर गर्ने सर्वोच्चको फैसला सरकारले सम्मान गर्छः मन्त्री ज्वाला



काठमाडौं, १६ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सर्वोच्च अदालतको कैद मिनाह बदर गर्ने निर्णयको सरकारले सम्मान गर्ने बताएका छन् ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले रिगल भनिने योगराज ढकालको कैद मिनाहमा सर्वोच्चले गरेको फैसला सरकारले सम्मान गर्ने बताएका हुन् ।

सरकारले कुनैपनि निर्णय गर्दा संविधान, नियम र कानूनलाई ध्यानमा राखेर गर्नुपर्ने सुझावको रुपमा यो फैसलालाई लिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot