काठमाडौँ । दशैँको सातौँ दिन आज काठमाडौँको वबसन्तपुरस्थित हनुमानढोका दरबारको दशैँघरमा गोरखा दरबारबाट परम्परागत रूपमा ल्याइएको फूलपाती वैदिक विधिपूर्वक भित्र्याइएको छ।
जमलमा तयार पारिएको फूलपातीको डोलीलाई निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, गुर्जुको पल्टन, परम्परागत पञ्चेबाजाका धुन एवम् विभिन्न सांस्कृतिक नाचगानसहितको शोभायात्राका साथ हनुमानढोका पुर्याइएको थियो।
घटस्थापनाका दिनदेखि वैदिक विधिअनुसार नवदुर्गा भवानीको आह्वान गरी नित्य पूजाआजा गरिँदै आएको दशैँघरमा आज शुभ साइत र समृद्धिको प्रतीकका रूपमा फूलपाती भित्र्याउने प्राचीन परम्परा रहँदै आएको छ। फूलपाती भित्र्याएसँगै बडादशैँको रौनक र मुख्य धार्मिक विधिहरू थप उत्कर्षमा पुगेका छन्।




प्रतिक्रिया