आजपाको विदेश विभाग प्रमुखमा सापकोटा नियुक्त


काठमाडौं, २० कात्तिक । आम जनता पार्टी (आजपा) ले विदेश विभाग प्रमुखको जिम्मेवारी धर्मेन्द्र सापकोटालाई दिएको छ । आजपाले सापकोटालाई पार्टीको अन्तरिम विधान २०७९ को धारा ३५ (ख) वमोजिम जिम्मेवारी दिएको बताएको छ ।

‘देशमा आम जनताको शासन व्यवस्था स्थापित गर्न क्रियाशील हाम्रो गौरवशाली पार्टी आम जनता पार्टीको अन्तरिम विधान २०७९ को धारा ३५ (ख) वमोजिम पार्टी अध्यक्षको आदेशानुसार यहाँलाई विदेश विभाग प्रमुखको पदमा जिम्मेवारी तोकिएको बिषय सहर्ष जानकारी गराईन्छ,’– आजपाका महासचिव उपेन्द्र साहले जारी गरेको पत्रमा भनिएको छ ।

Skip This