Logo

सयुंक्त राष्ट्रिय सुकुम्बासी मोचाले सन्देशमुलक देउसी भैलो गर्ने



काठमाडौं, २२ कात्तिक । संयुक्त राष्ट्रिय सुकुम्बासी मोचा, नेपाल केन्द्रीय समितिले सन्देशमुलक देउसी भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

सुकुम्बासीहरु सामु उठीबासको राज्य आतङक विद्यमान रहेको र बस्ती रक्षाको चुनौती टड्कारो रहेको भन्दै दिपावलीका अवसरमा उक्त सन्देशमुलक देउसी भैलो कार्यक्रम गर्न लागिएको मोर्चाका महासचिव अर्जुन कुँवरले जानकारी दिए ।

मोर्चा सुकुम्बासीहरुको लालपुर्जा प्राप्तिको महाअभियानमा निरन्तर लागी परेको र आपसी एकता र सद्भावलाई सुदृढ बनाउन उक्त कार्यक्रम आयोजना गरिएको महासचिव कुँवरले बताएका छन् ।

सुकुम्बासी बस्तीमा गरिने देउसी भैलो र शुभकामना आदानप्रदान कार्यक्रमको मिति, समय र स्थानबारे पत्रमार्फत जानकारी गराइन लागेको समेत उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot