Logo

पोखराको पर्यटन विकास गर्न युएसआइडीसँग समझदारी



कास्की, २३ कात्तिक : देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरालाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सहयोग पुर्याउने गरी आज एक समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

पोखरा महानगरपालिका र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) बीच पर्यटन, कृषि, र सूचनाप्रविधि क्षेत्रको विकासमा सघाउन प्राविधिक परामर्श सेवासम्बन्धी समझदारी भएको हो ।

समझदारीअनुसार पोखरालाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सहयोग पुर्याउने उद्देश्यले युएसएआइडीले दुई वर्षसम्म प्राविधिक परामर्श सेवा प्रदान गर्नेछ । पोखराको पर्यटन विकासका लागि पर्यटन व्यवसाय र पर्यटन व्यवसायीले सामना गरिरहेका चुनौती र समस्यालाई सम्बोधन गर्न महानगरपालिकालाई आवश्यक प्राविधिक सहयोग गर्नेछ ।

समझदारीपत्रमा पोखरा महानगरपालिकाकातर्फबाट महानगर प्रमुख धनराज आचार्य र (युएसएआइडी)का तर्फबाट परियोजना प्रमुख एगनेस लुजले हस्ताक्षर गर्नुभएको छ । यही कात्तिक १५ परामर्श सेवा प्रदान गर्दै आएको महानगरप्रमुख आचार्यले राससलाई बताउनुभयो ।

समझदारीअनुसार पर्यटन विकासमा आवश्यक प्रशिक्षण, लगानी फोरम, बजारीकरण र प्रचारप्रसारका कार्यक्रम समावेश छन् । पोखरा महानगरपालिकाले साझेदारबाट प्राप्त प्राविधिक परामर्शको कार्यान्वयन भने महानगरपालिकाको आवश्यकतानुसार गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot