काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विदेशी ऋण लिने निर्णय गर्नुअघि संसदमा छलफल गराउनुपर्ने माग गरेका छन्। उनले विदेशी ऋण प्रधानमन्त्री वा मन्त्रीहरूको व्यक्तिगत निर्णयको विषय नभएको भन्दै यसबारे संसदलाई जानकारी गराउन आग्रह गरेका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले सरकारले पुनः १०७ मिलियन अमेरिकी डलर ऋण लिन लागेको विषयप्रति असन्तुष्टि जनाएका छन्।
उनले विदेशी ऋण लिएर मात्रै देश सञ्चालन गर्नुपर्ने अवस्था भए आफूहरूलाई जिम्मेवारी दिन सरकारलाई चुनौतीसमेत दिएका छन्।
‘विदेशी ऋण नलिई देश चलाउन सक्दैनौ भने हाम्लाई छाडिदेऊ, हामी चलाउँछौँ देश। तिम्रो व्यक्तिगत मामिला होइन है विदेशी ऋण। संसदमा छलफलमा ल्याउने गर, १०७ मिलियन डलर फेरि थप्दै रहेछौ। खुसीखुसी नगर,’ साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्।




प्रतिक्रिया