उमेर कीर्ते गरेको आरोप लागेका उपरथी ताराध्वजले दिए राजीनामा


काठमाडौं,२४ कार्तिक । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

भावि प्रधानसेनापतिको रुपमा अगाडी बढाउन केहि दिन अघिमात्रै रथीमा बढुवा सिफारिस भएका पाण्डेविरुद्ध उमेर कीर्ते गरेको आरोप लागेको थियो ।

उमेर कीर्ते गरेर नागरिकता बनाएको प्रमाणसहित जंगी अड्डा र संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेपछि पाण्डेले राजीनामा दिएको बताईएको छ ।

पाण्डेको उमेरसम्बन्धी विवाद छानबिन गर्न सेनाले रथी सीताराम खड्काको नेतृत्वमा समिति गठन गरेको थियो।

प्रधानसेनापति शर्मा नेतृत्वको बढुवा समितिबाट सिफारिस भए पनि उनको फाइल जंगी अड्डाबाट अघि बढेको थिएन।

Skip This

Omoda E5 Pro