भूकम्प प्रभावितलाई अख्तियारका पदाधिकारीले ७ दिनको तलब दिने


काठमाडौं,२४ कार्तिक । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले गत शुक्रबार जाजरकोटमा गएको विनासकारी भूकम्पबाट प्रभावित बनेकाहरुलाई आयोगको तर्फबाट आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

उक्त भूकम्पबाट मृत्यूवरण गरेका नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनप्रति समवेदना एवं घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आयोगले सबै पदाधिकारीहरूको सात दिन बराबरको तलब रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ ।

यसअघि आजै राष्ट्रिय सूचना आयोगले पनि आफ्नो तर्फबाट सबै पदाधिकारीको ७ दिनको तलब उपलब्ध गराउने निर्णय गरेको थियो ।

Skip This

Omoda E5 Pro