सिन्धुली कारागारमा रहेका एक बन्दीको मृत्यु


काठमाडौं,३० कार्तिक । सिन्धुली कारागारमा रहेका एक बन्दीको मृत्यु भएको छ।

सिन्धुलीको दुधौली नगरपालिका १० का ३० वर्षीय विमल थापाको गएराति सुतेकै ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सिन्धुली प्रहरीका अनुसार बुधबार साँझ कारागारमै तिहार मनाएर देउसी खेलेर खाना खाइवरी सुतेका थापा आज बिहान ओछ्यानमै बेहोस अवस्थामा फेला परेका थिए।

उनलाई उपचारका लागि सिन्धुली जिल्ला अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनासाथ उनलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

यही असोज १७ गतेदेखि थापा सवारी ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा थिए। थापाको मृत्युको कारण नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This

Omoda E5 Pro