Logo

‘अर्थतन्त्रलाई चलायमान बनाउनेबारे सिंहदरबारमा छलफल’



काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रलाई चलायमान बनाउनेबारे छलफल गर्न आह्वान गरेको बैठक सुरु भएको छ । सो छलफलमा नेपाल सरकारका मन्त्रीहरु, मुख्यमन्त्रीहरु, सचिवहरु, संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरु र निजी क्षेत्रका प्रतिनिधि सहभागी छन् ।

प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारमा सुरु बैठकमा समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन सुझाव, सल्लाह लिने बताईएको छ । हिजो (सोमबार) साँझमात्रै प्रधानमन्त्री दाहालले देशको वर्तमान अर्थतन्त्रबारे छलफल गरेका थिए ।

तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय



प्रतिक्रिया दिनुहोस्

Screenshot