प्रधानमन्त्री बालेनलाई दिल लामाको सुझाव : “छिटो बुझ्नुस्, ढिलो गर्दा गन्तव्यमा नपुगिएला”


काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष दिल लामाले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नै पार्टीभित्रको राजनीतिक गतिविधि र चीन भ्रमणमा गएको टोलीबारे समयमै सचेत हुन सुझाव दिएका छन्।

अध्यक्ष लामाले प्रधानमन्त्री शाहलाई लक्षित गर्दै चीन भ्रमणमा गएको टोलीभित्रै रहेका आफ्नै पार्टीका सांसदहरू उहाँलाई सत्ताबाट हटाउने गतिविधिमा सक्रिय रहेको आशय व्यक्त गरेका छन्।

उनले सामाजिक तथा राजनीतिक परिस्थितिलाई समयमै बुझ्न प्रधानमन्त्रीलाई आग्रह गर्दै भनेका छन्,

“भनेपछि चीन भ्रमणमा गएको टोलीभित्र तपाईंलाई सिध्याउन सक्रिय रहेछन्, तपाईंकै पार्टीका घण्टीका सांसदहरू भनेर बुझ्नुस् प्रधानमन्त्री बालेन्द्र शाहज्यू। छिटो बुझ्नुस्, ढिलो गर्दा गन्तव्यमा नपुगिएला।”

लामाले प्रधानमन्त्रीलाई जनताले पाँच वर्षसम्म शासन सत्ता सञ्चालन गर्ने जिम्मेवारीसहित मत दिएको स्मरण गराउँदै अडियो वा अन्य विवादले नभई जनताको मतले सरकार बनेको टिप्पणी गरेका छन्।

उनले भनेका छन्, “५ वर्ष जनताले तपाईंलाई शासन सत्ता चलाउन भोट दिएका हुन्, चलाउनुस् मज्जाले। अडियोले दिएको होइन मत।”