३० हजार घुससहित बर्दियाबाट प्रहरी नायव निरीक्षक पक्राउ


काठमाडौं,१२ मंसिर । बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर स्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउद पक्राउ परेका छन्।

प्रहरी नायव निरीक्षक साउदले लागुऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रिसवत माग गरेको आरोपमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

सो सम्बन्धी सूचनाका आधारमा आयोगको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले साउदलाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा रकमसहित ईलाका प्रहरी कार्यालय, मैनापोखर बर्दियाको मुद्दा शाखाबाट मंगलबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ।

Skip This

Omoda E5 Pro