वित्तीय विवरण नबुझाउने ८८ कम्पनीलाई सोधियो स्पष्टीकरण (सूचीसहित)


काठमाडौं,१२ मंसिर । समयमै वित्तीय विवरण नबुझाएका सूचीकृत ८८ कम्पनी कारबाहीमा परेका छन् । नेपाल धितोपत्र बोर्डले ती कम्पनीहरुलाई कारबाहीस्वरुप स्प्रष्टिकरण सोधिएको हो ।

बोर्डले आर्थिक वर्ष २०७९र८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरुलाई कारबाही स्वरुप जरिवानासमेत तिराइएको हो ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम १ मा स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीले धितोपत्र बोर्डमा वित्तीय विवरण बुझाउनु पर्ने व्यवस्था छ। बोर्डमा वित्तीय विवरण नबुझाएका १८ कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना किन नगर्ने भन्दै प्रश्न गरेको छ। बोर्डले ढिलो विवरण बुझाउने ६९ वटा कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना किन नगर्ने भन्ने प्रश्न गर्दै १५ दिनभित्र जवाफ पेस गर्न भनेको छ।

हेर्नुहोस् कारबाहीमा परेको सूचीकृत संस्थाहरु

Skip This

Omoda E5 Pro