‘बैंक अफ दि इयर’ २०२३ बाट प्रभु बैंक सम्मानित


काठमाडौं,१५ मंसिर । यस वर्षको बैंक अफ दि इयरको अवार्ड प्रभु बैंकले पाएको छ ।

बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ का लागि ‘बैंक अफ दि इयर २०२३, नेपाल’ बाट प्रभु बैंकलाई सम्मान गरेको हो।

यो अवार्ड सन् २००० देखि सुरु भएको हो । जसलाई बैंकिङ्ग क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा लिईन्छ् ।

प्रभु बैंकले ३ सय बढी शाखा सञ्जाल, ७१ एक्सटेन्सन काउन्टर, ३ सय १० एटीएममार्फत देशव्यापी रूपमा ३१ लाखभन्दा बढी सेवाग्राहीलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको बैंकले जनाएको छ। बैंकले २०७९ पुसमा सेञ्चुरी बैंकलाई आफूमा विलय गराएर एकीकृत कारोबार सुरु गरेको थियो ।

हाल प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब, सम्पत्ति करिब साढे तीन ३ खर्ब,निक्षेप संकलन साढे २ खर्ब र ऋण प्रवाह २ खर्ब ५३ अर्ब रुपैयाँ छ ।

Skip This

Omoda E5 Pro