Logo

प्रधानमन्त्री दाहालले भने : विपीन जोशी छुट्छन् भन्ने विश्वास नेपाल सरकारलाई दिइएको छ



काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले हमास विद्रोहीहरुको नियन्त्रणमा रहेका नेपाली युवक विपीन जोशी छ्ट्छन् भन्ने विश्वास नेपाल सरकारलाई दिएको बताएका छन् ।

जोशीको अवस्था के हो भन्ने प्रश्नमा प्रधानमन्त्री दाहालले उनी छुट्छन् भन्ने विश्वास नेपाल सरकारलाई दिइएको जानकारी पनि दिए । आज (सोमबार) सिंहदरबारमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियाको क्रममा उनले यस्तोब ताएका हुन् ।

प्रधानमन्त्री दाहालले हमास र इजरायलसँग मध्यस्थता गरिरहेको कतारसँग नेपाल सरकारले पनि विपीनको रिहाइका लागि पहल गरिदिन अपिल गरेको, इजरायल सरकारसँग त सुरुदेखि नै माग गरिरहेको भन्दै प्रधानमन्त्री दाहालले नेपाल सरकारले विपीनको रिहाइका लागि सबै प्रयासलाई जारी राखेको र हामीले गरेका अपिलका आधारमा उनी छुट्छन् भन्ने विश्वास नेपाल सरकारलाई दिइएको बताए ।

त्यसैगरी, पछिल्लो समयमा रुस र युक्रेनमा पनि नेपाली युवा सेनामा भर्ती भइरहेको भन्ने सूचना पाएपछि सरकारले ती देशलाई नेपालको कुनै पनि नागरिक विदेशी सेनामा भर्ती हुने नीति नरहेको विषयमा जानकारी गराइएको र अब रुस र युक्रेन नजानका लागि पनि युवालाई नेपालमा चेतना जगाउने कामका लागि सम्बद्ध निकायले तयारी थालेको जानकारी उनले दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot