Logo

विप्लवसहितका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेकपाले निकाल्यो मशाल जुलुस (फोटोफिचर)



काठमाडौं, १९ मंसिर । पार्टीका महासचिव नेत्रविक्रम चन्दसहित नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेकपाले मशाल जुलुस निकालेको छ । पार्टीको घोषित कार्यक्रमअनुसार आज (मंगलबार) साँझ पार्टीका नेता तथा कार्यकर्ताहरुले काठमाडौंको बागबजार लगायत क्षेत्रबाट मशाल जुलुस निकालेका हुन् ।

काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा व्यूताएर सोमबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, नेताहरु माइलालगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्