Logo

 चिसोले मध्य तराईंको जनजीवन प्रभावित



वीरगञ्ज, मंसिर २७ । आज बिहानैदेखिको बाक्लो हुस्सु र कुहिरो तराईका जिल्लाहरूको जनजीवन प्रभावित भएको छ ।
पछिल्लो केहि दिनदेखि लगातार तराईमा जारी हुस्सुले अत्यधिक चिसो बढाएको छ ।

चिसोले मध्य तराईंको पर्सा, बारा, रौतहटको जनजीवन प्रभावित छ । वीरगञ्ज, कलैया, गौरलगायतका मुख्य बजार क्षेत्रमा सर्वसाधरणको चहलपहल कम भएको छ ।

चिसोले गर्दा मानिसहरु बिरामी परिरहेका छन् । अस्पतालमा चिसोका कारण बिरामी हुनेको संख्या बढेको छ । शीतलहर र अत्यधिक चिसो बढेका कारण बालबालिकामा रुघाखोकी, निमोनिया, कोल्ड डायरिया, टाउको दुख्नेलगायतका समस्या देखिन थालेको छ ।

चिसोले गर्दा बालबालिकासँगै वृद्धवृद्धा, रिक्सा–ठेला चालक र दैनिक ज्यालादारीमा घर बाहिर काम गर्ने मजदुरहरू प्रभावित बनेका छन् । चिसोबाट बच्न मध्य तराईमा दाउरा, मुढा, कोइला बालेर आगो ताप्न सुरु भईसकेको छ ।



प्रतिक्रिया दिनुहोस्