नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित


काठमाडौं,२ पुस । नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन् ।

बुटवलमा सम्पन्न जेसीजको ५० औं महाधिवेशनबाट पोखरेल ५१० मत ल्याउँदै २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

पोखरेलले ५१० मत पाउँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाइन । बिजयी बनेका पोखरेलले तीनजना प्रतिस्पर्धीहरु रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाइ पराजित गरे । उनी नुवाकोट जेसीजका पूर्व अध्यक्ष हुन् ।

त्यस्तै कार्यकारीणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम भिम बहादुर कुंवर (राजु) ,सिनेटर सन्दिप अग्रहरी बिजयी भए । महासचीव सरोज अधिकारी,कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा, कोषाध्यक्षमा खेमराज थापा मनोनित भए ।

उपाध्यक्षमा अमर घिमीरे, सौरब श्रेष्ठ, राजन शर्मा पौडेल, सिता कुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नबराज उपाध्याय, गणेश सापकोटा, अचुत उप्रेती आयुष निर्वाचित भए ।

उनीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् । नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने ३ जना अध्यक्षले मनोनयन र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

Skip This

Omoda E5 Pro