एमाले त्यागेको ४ दिनमै पूर्व सांसद शाहलाई कमल थापाले बनाए उपाध्यक्ष


काठमाडौं,६ पुस । नेकपा एमाले त्यागेर राप्रपा नेपाल प्रवेश गरेका पूर्वसांसद गोविन्दविक्रम शाह राप्रपा नेपालका उपाध्यक्ष बनेका छन्।

जाजरकोटका शाहलाई अध्यक्ष कमल थापाले आज पार्टीको विधान बमोजिम पार्टी उपाध्यक्ष पदमा मनोनित गरेका हुन्। शाह गत पुस ३ गते राप्रपा नेपाल प्रवेश गरेका थिए । शाहको मनोनयनले पार्टी संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने थापाले दाबी गरेका छन् ।

यही मंगलबार राप्रपा नेपाल प्रवेश गरेका शाह जाजरकोटबाट निर्वाचित पूर्वसांसद र तत्कालीन जिविस सभापति हुन्। उनी एमालेमा हुँदै ती दुवै पदमा पुगेका थिए। बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह राप्रपा नेपालमा प्रवेश गरेका थिए।

Skip This

Omoda E5 Pro