Logo

कोरिया जान १ लाख ४३ हजार बढीको आवेदन, थप २८ हजार थपिने



काठमाडौं, पुस ७ । । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजार ८१२ जनाले आवेदन फाराम भरेका छन्।

पुस २ गतेदेखि ६ गतेसम्म फाराम भर्ने समय दिइएकोमा उत्पादनमूलक तर्फ उक्त संख्यामा आवेदन परेको हो । यसवर्ष ईपीएस कोरियाले उत्पादनमूलक तर्फका लागि १५ हजार ४४८ जनाका लागि आवेदन माग गरेको थियो ।

यसमा सीप विल्डङकम लागि आवेदन दिएर परीक्षामा अनुउत्तिर्ण भएका २८ हजार भन्दा बढीले फाराम भर्न पाएका छैनन्। उनीहरूलाई समेत फाराम भर्न दिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।

उनीहरूले समेत फाराम भरेको खण्डमा आवेदन दिनेको सङ्ख्या १ लाख ७२ हजार भन्दा माथि पुग्नेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot