Logo

पीएम कप क्रिकेट: साविक विजेता सुदूरपश्चिमको दोस्रो जित, कर्णाली तेस्रो खेलमा पनि पराजित



काठमाडौं,८ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० क्रिकेटमा साविक विजेता सुदूरपश्चिम प्रदेशले दोस्रो जित हात पारेका छ ।

आज भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ८१ रनको फराकिलो अन्तरले हराउँदै दोस्रो जित निकालेको हो । सुदूरले दिएको १५२ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७० रनमात्र बनाउन सक्यो ।

कर्णालीका लागि तिर्सना विकले सर्वाधिक २८ रन जोडिन् । त्यस्तै अन्जु चौधरी र रश्मी खड्काले समान १० रन बनाईन् । बलिङतर्फ सुदूरकी कप्तान रीतु कनौजिया र जानकी थापाले समान तीन तथा कविता जोशीले २ विकेट लिईन् ।

यसअघि सुरुवातमा ब्याटिङ गरेको सुदूरले २० ओभरमा ४ विकेट गुमाउँदै १५१ रनको विशाल योगफल खडा गरेको थियो । उसका लागि नटआउट रहँदै कविता जोशीले ७८ रनको विष्फोटक ब्याटिङ गरिन् । ५० बलको सामना गरेकी कविताले १० चौका र १ छक्का प्रहार गरिन् । त्यस्तै रेवती धामीले २२ रन जोड्दा कप्तान कनौजियाले १० रन थपिन् । सुदूरपश्चिमले २० रन अतिरिक्तरुपमा पाएको थियो ।

यो जितसँग सुदूरले दोस्रो जित दर्ता गरेको छ भने कर्णाली लगातार तेस्रो खेलमा पनि पराजित भएको छ ।



प्रतिक्रिया दिनुहोस्