सन्दीपविरुद्धको मुद्दामा आजबाट निरन्तर सुनुवाइ


काठमाडौं,११ पुस । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको नाबालिग बलात्कारको मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने भएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासमा भएको सुनुवाइमा यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो । अब उक्त रिटको फैसला उनै न्यायाधीश ढकालले गर्नेछन् ।

आइतबार रिट निवेदकको तर्फबाट बहस भएको थियो । पहिलो दिन पीडितका तर्फबाट सरकारी वकिलले बहस गरेका थिए। आइतबार सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारलगायत सरकारी वकिल तथा निजी कानुन व्यवसायी गरी पीडितका तर्फबाट तीन जनाले बहस गरेका थिए।

मुद्दाको अन्तिम सुनुवाइ सकिएपछि सन्दीपले कि सफाइ पाउँछन् कि जेल सजाय भन्नेबारेमा निक्र्योल हुनेछ । सन्दीप दोषी ठहर भए कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ।

पीडित किशोरीको उमेर १८ वर्ष कम (नाबालिग) भएको दाबी गर्दै १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मुद्दा हालिएको छ।

सन्दीपविरुद्ध गत वर्षको कार्तिकमा एक नाबालिग किशोलीलाई बलात्कार गरेको आरोप लगाउँदै मुद्दा दायर भएको थियो । सुरुवातमा पुपक्र्षका लागि थुनामा पठाइएका उनलाई पछि उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो भने सर्वोच्चले पनि उच्चकै फैसला सदर गरेको थियो ।

Skip This

Omoda E5 Pro