७० वर्षे उमेर हदबारे झलनाथको जवाफ: अब यो कुराको सान्दर्भिकता सकियो


काठमाडौं,११ पुस । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले ७० वर्षे उमेरहदको सान्र्दभिकता सकिएको दाबी गरेका छन् ।

बुधबारबाट सुरु भएको पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले तत्कालीन नेकपा एमालेमा रहँदा सुरु गरेको ७० वर्षे उमेरहदको कुनैपनि सान्र्दभिकता नदेखिएको भ्नदै पार्टीले उमेरमा लगाएको हदबन्दी हटाउनुपर्ने बताएका हुन् ।

‘पार्टीमा अधिकांश ६० वर्षमाथिका रहेछन्। युवाहरूलाई ४० प्रतिशत हिस्सा दिनुपर्छ। उमेर हदको कुरा गर्दा एमालको नवौँ महाधिवेशनमा ७० वर्ष भनेर राखेका थियौँ। उमेर हद त राख्यौँ तर त्यो कार्यान्वयन भएन। हामीले ७० भन्दा तल तलको नेता पनि जन्माउन सकेनौँ’, ललितपुरको कान्तिपुर गार्डेनमा बुधबारदेखि सुरू केन्द्रीय कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्द उनले भने, ‘विचारवान युवाहरूको पंक्ति उत्पादनलाई प्राथमिकता दिनुपर्छ। उमेर हदको कुरा अब सान्दर्भिक देखिँदैन। यसको सन्दर्भ नै रहेन।’

समाजवादीले पनि एमालेको सिको गर्दै पार्टीमा ७० वर्षे उमेरहद लगाउने तयारी गरेको छ । उमेरहद कायम भएमा खनालसहितका नेताहरु सक्रिय राजनीतिबाट विस्थापित हुने पक्का छ । त्यसैले खनालसहितका नेताहरु उमेरहद हटाउनुपर्ने पक्षमा छन् ।

Skip This

Omoda E5 Pro