१ करोड ५ लाख घुस लिएको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ


काठमाडौं,११ पुस । १ करोड ५ लाख रुपैयाँ घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् ।

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको रजिष्ट्रार रहाँदा उनले १ करोड ५ लाख रुपैयाँ घुस लिएको पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड ५ लाख रूपैयाँ घुस मागेको आरोप लागेको छ ।

मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीको बयानका आधारमा उनी पक्राउ परेका हुन्। उनीहरुले उदयबहादुरले समेत घुस दिएको बताएपछि पक्राउ पूर्जी जारी गरिएको थियो। सो क्रममा उनलाई बुधबार कार्यकक्षबाटै पक्राउ गरिएको हो।

मित्रमिलन सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए। उक्त रकममध्ये २० लाख भने उदयबहादुरले फिर्ता गरेको पाइएको प्रहरीले जनाएको छ।

Skip This

Omoda E5 Pro