Logo

पीएम कप क्रिकेट- मधेशलाई हराउन सुदूरपश्चिमले ८३ रन जोड्नुपर्ने



काठमाडौं,११ पस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० क्रिकेटमा मधेश प्रदेशले साविक विजेता सुदूरपश्चिमलाई ८३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

माथिल्लो मूलपानी मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८२ रन जोडेको हो । मधेशका लागि पुजा महतोले २७, साना प्रविनले १९ रन जोड्नि । रोजी कडारीले १० रन थप्दा १३ रन मधेशले अतिरिक्तरुपमा पाएको थियो ।

बलिङतर्फ सुदूरकी लक्ष्मी साउद एक्लैले चार विकेट चट्काइन । ४ ओभर बलिङ गरेकी उनले २१ रन दिएर ४ विकेट लिएकी हुन् । त्यस्तै कविता जोशी र जानकी थापाले पनि समान १ विकेट लिइन् ।

सूदूरपश्चिम तीनमा जित र एकमा हारसहित समूहको तेस्रो स्थानमा रहेको छ भने एक खेल जितेको मधेश पुच्छरबाट दोस्रो स्थानमा रहँदै प्लेअफमा पुग्ने सम्भावनाबाट टाडिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्