Logo

पीएम कप क्रिकेट: लुम्बनीलाई हराउन मधेशले ९७ रन जोड्नुपर्ने



काठमाडौं,१२ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० राष्ट्रिय महिला क्रिकेटमा लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मूलपानी मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९६ रन जोड्यो । उसका लागि ओपनर लक्ष्मी चौधरीले अर्धशतकीय पारी खेलिन् । ६४ बलको सामना गरेकी उनले ८ चौका र २ छक्का हिर्काउँदै ६४ रननै जोडिन् ।

सरस्वती जीएमले १० रन थपेको खेलमा लुम्बिनीले ९ रन अतिरिक्तमा पाएको थियो । बलिङतर्फ मधेशकी पूजा महतो, आरती महतो र कविता महतोले समान १ विकेट लिँदा साक्षी यादवले २ विकेट लिईन् । प्लेअफबाट मधेश बाहिरिसकेको छ । भने लुम्बिनीलाई प्लेअफ सम्भावना जिवित राख्न आजको खेल जित्नैपर्ने दवाव छ ।



प्रतिक्रिया दिनुहोस्