Logo

पीएम कप क्रिकेट: बागमतीले पायो कर्णालीबाट ४३ रनको सामान्य लक्ष्य



काठमाडौं,१२ पुस । राजधानीमा जारी प्रधानमन्त्री महिला कप टी-२० क्रिकेटमा बागमती प्रदेशले कर्णाली प्रदेशबाट ४३ रनको सामान्य लक्ष्य पाएको छ ।

मूलपानी मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको कर्णाली १३.४ ओभरमा ४२ रनमा अलआउट भएपछि बागमतीले सामान्य लक्ष्य पाएको हो । कर्णालीका लागि श्रुति बुढाले १२ र विना थापाले १२ रन जोड्नुबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ बागमतीकी खुशी डंगोलले ४ विकेट लिँदा संस्कृति फुयालले २ विकेट लिइन् । बागमतीले आजको खेलमा जित हात पारे प्लेअफमा पुग्ने पक्का हुनेछ । कर्णाली भने हालसम्म जितविहीन रहेको छ ।

एपिएफ ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा छ । कोशी ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ दोस्रो स्थानमा छ । सुदूर ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ ।

बागमती ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ । ८ टोली सहभागी प्रतियोगिता शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । शीर्ष दुई टोलीले सोझै क्वालिफायर खेल्न पाउनेछन् । क्वालिफायरमा पराजित हुने टोलीले अर्को फाइनल खेल्ने अवसर पाउनेछ ।



प्रतिक्रिया दिनुहोस्