Logo

प्रधानमन्त्री दाहालको सल्लाहकारबाट राजीनामा दिएका गजुरेलको राजीनामा स्विकृत भएन, कार्यालयपनि जान छाडे



काठमाडौं, १५ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका हरिबोल गजुरेलको राजीनामा अझै स्विकृत गरेका छैनन् । गजुरेलले विभिन्न कारण देखाउँदै गत मंसिर २० गते नै प्रधानमन्त्री दाहालको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका थिए ।

तर, प्रधानमन्त्री दाहालले भने अझैसम्म पनि गजुरेलको राजीनामा स्विकृत गरेका छैनन् । गजुरेल राजीनामा बुझाएको मितिदेखि प्रधानमन्त्रीको कार्यालय गएका छैनन् ।

गजुरेल र दाहालबीच पछिल्लो समय सम्बन्ध चिसिएको चर्चा छ । उनीहरुबीच सम्बन्ध चिसिनुमा सिन्धुलीका नेता तथा सांसद लेखनाथ दाहाल (राजन) रहेको भनेर पार्टीभित्र चर्चा चल्ने गरेको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot