तीन सांसद पक्राउबारे सभामुखको चासो,गृहमन्त्री र आईजीपीसँग लिए जानकारी


काठमाडौं,१६ पुस । सभामुख देवराज घिमिरेले सोमबार बिहान माईतीघर मण्डलाबाट पक्राउ परेका तीन जना सांसदबारे चासो व्यक्त गरेका छन् ।

माईतीघर मण्डलामा राष्ट्रिय धोती दिवस मनाउन पुगेका जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउत, उपाध्यक्ष तथा सांसद अब्दुल खान र केन्द्रीय सचिव एवं संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री अनिता देवी साहसहितका नेता कार्यकर्ताहरु पक्राउ परेका थिए ।

सांसद तथा मन्त्रीनै पक्राउ परेपछि सभामुख घिमिरेले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फोन गरेर घटनाबारे जानकारी लिएका हुन् ।

सभामुखको फोन त्यसलगत्तै भृकुटीमण्डप पुगेर गृहमन्त्रीले सांसदहरू छुटेको जानकारी सभामुख घिमिरेलाई दिए। उता आईजीपी कुँवरले तीनै सांसदले निषेधित क्षेत्र तोडेको घटनाबारे जानकारी गराएका थिए।

बिहान पक्राउ परेका सांसद तथा नेता कार्यकताहरु दिउँसो २ बजेको आसपासमा छुटेको जनमत पार्टीले जनाएको छ ।

Skip This

Omoda E5 Pro