Logo

शिक्षामा कूल बजेटको २० प्रतिशत विनियोजन हुनुपर्छः मन्त्री राई



काठमाडौं, १७ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उपलब्ध हुने स्रोतको सुनिश्चिताका आधारमा वस्तुगत योजना बनाएर मात्र शैक्षिक कार्यक्रमअघि बढाइए तोकिएको समयमा त्यसको नतिजा प्राप्त गर्न सकिने बताएका छन् ।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा उनले मुलुकमा आर्थिक अवस्था कमजोर रहेका बेला न्यूनतम खर्चमा आवश्यक संरचनामात्र निर्माण गर्ने कार्ययोजना अहिलेको आवश्यकता भएको बताए ।

जाजरकोट भूकम्प प्रभावित क्षेत्रका विद्यालय सञ्चालनमा देखिएका चुनौती तथा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका सम्बन्धमा उठेका प्रश्न र वास्तविकता जानकारी लिन समितिले आजको बैठकमा मन्त्री राई र सचिवलाई आमन्त्रण गरेको थियो ।

“शिक्षा क्षेत्रसँग सम्बन्धित सही तथ्य तथ्याङ्क प्राप्त गर्न समन्वय र सम्पर्क गर्ने सूचना प्रणालीको विकास गर्दैछ । शिक्षा क्षेत्रमा गर्नुपर्ने काम धेरै छन्, स्रोतसाधन काम छ, लगानी न्यून छ,”– मन्त्री राईले भने ।

कूल राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन हुनुपर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता भए पनि चालु आर्थिक वर्षमा ११ दशमलव २७ प्रतिशत विनियोजन भएको छ । राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot