Logo

सिडिओ अफिस ठूलो लुटको अड्डा बन्दैछ : प्रभु साह (भिडिओसहित)



काठमाडौं, २१ पुष । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मिटरब्याज पीडितहरुको नाममा जिल्ला प्रशासन कार्यालयमा लुट भैरहेको टिप्पणी गरेका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा उनले सिडिओहरुको कानूनविपरितको मनोमानीले मिटरब्याज पीडितहरु झनै पीडित बनेको दाबी गरेका हुन् ।

उनले भने,‘अदालतमा सुनुवाई हुने इस्यु, जबरजस्ती सिडिओ अफिसमा लगिएको छ । नेपालको कानूनले त स्पष्ट भन्छ की मिटरब्याजीसम्बन्धी अर्थात अनुचित लेनदेनको विषय अदालतमा सुनुवाई हुनेछ भनिएको छ । तर, आज सरकारले कानूनी शासनको उपहास गरेको छ । कानूनी शासनको मजाक बनाउँदै यो विषय जबरजस्ती सिडिओ अफिसमा सुनुवाई गराईएको छ । म माननीय गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु–कुन कानूनअन्तर्गत यस्ता मुद्दा सिडिओ कार्यालयमा सुनुवाई भैरहेको छ ? अनुचित लेनदेनको सुनुवाई गर्ने क्षेत्र सिडिओ अफिसको हो ? होईन भने किन भैरहेको छ ? यस्तो तमाशा बन्द गर्नुहोस ।’

अध्यक्ष साहले यस्ता मुद्दामा पीडितलाई झनै पीडित बनाउने काम गरिएको आरोप लगाए ।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot