Logo

राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारहरुलाई आज चुनाव चिह्न प्रदान गरिँदै



काठमाडौं, २८ पुस । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई आज चुनाव चिन्ह प्रदान गरिने भएको छ । निर्वाचन आयोगले आज विहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिन्ह प्रदान गरिने बताएको छ ।

आगामी माघ ११ गते राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot