Logo

३ न्यायाधीश विदामा र २ काठमाडौं हिँडेपछि आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा



काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा परेको छ । फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो ।

२०६४ को संविधानसभा निर्वाचनताका रौतहटमा इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनाका आरोपित आलमको मुद्दामका आजबाट निरन्तर अन्तिम सुनुवाइ हुने भनिएको थियो ।

तर,अन्तिम सुनुवाइका लागि भनेर पेशी तोकिए पनि अधिकांश न्यायाधीश विदामा रहेकाले मुद्दा स्थगितको सूचीमा परेको हो ।

७ न्यायाधीशको दरवन्दी रहेको रौतहट जिल्ला अदालतमा आइतबार दुई न्यायाधीश मात्रै उपस्थित भएका थिए । न्यायाधीश अभावमा उक्त मुद्दाको पेसी स्थगितमा परेको हो ।

न्यायाधीश तेजबहादुर खड्का र गेहेन्द्रराज पन्त उपस्थित रहेका छन् । ७ न्यायाधीशको दरबन्दी रहेको भए पनि न्यायाधीश मातृकाप्रसाद मरासिनी उच्च अदालतको न्यायाधीश बनेर गएपछि उनको स्थान रिक्त नै छ । न्यायाधीश बाबुकाजी बानियाको सरुवा भइसकेको छ भने न्यायाधीशहरू केदारनाथ शर्मा र कुमार मास्के बिदामा छन् । न्यायाधीश पूर्णिमा कोइरालाको दरबन्दी रहेको भए पनि उनी समेत लामो समयदेखि बिदामा छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot